जब आधा पाकेको माछो खाँदा ४ महिना पछि ‘लीभर’मा अण्डा पर्यो…

काठमाडौं । काँचो खाना हाम्रो शरीरका लागि खतरनाक छ । डाक्टरले पनि काँचो खाना नखानु नै भनेर सल्लाह दिँदै आएका छन् ।

कोरोना भाइरसको यो कहरका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले पनि एक जानकारी दिँदै काँचो भोजन, विशेष गरेर मासु, पोल्ट्री प्रोडक्ट र सीफूड काँचो खानु खतरनाक रहेको बताएको थियो ।

यसैबीच चीनमा एक व्यक्तिको बीचमा एउटा अनौठो घटना भएको छ ।

माछो खाएको ४ महिनापछि माछो नपाकेको कारण उक्त व्यक्तिको लिभरमा  माछोमा पाइने प्यारासिटिक वोर्मा जीवितै रहेका कारण अण्डा पारेको हो।

५५ वर्षका एक्त व्यक्तिले काँचो माछा खाँदा उसको शरीरमा प्यारासिटिक वोर्म भित्र पस्यो र त्यसबाट उक्त व्यक्तिको लिभरमा अण्डा दिन शुरु गर्यो ।

जब ४ महिना पछि धेरै पीडा भएर डाक्टरलाई देखाएका थिए । परीक्षणको क्रममा यस्तो फेला परेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?