अनौठो रोगले ग्रस्त बच्चा जन्मिएपछि बुवाआमाले नै गरे बच्चा लिन अस्वीकार !

काठमाडौं । संसारमा धेरै प्रकारका दुर्लभ रोगहरू छन्। भारतको हावडा, पश्चिम बंगालमा, त्यस्तै एउटा दुर्लभ रोग (बेबी बोर्न) बाट पीडित एक बच्चा जन्मिएका छन् ।

यो रोग नै धेरै अनौठो रहेको छ । जसको कारणले बच्चाको शरीरमा अनौठो निशानहरू रहेका छन् । यो देखेर बच्चाका बाबुआमा नै छक्क परेका छन्। उनीहरुले बच्चालाई अपनाउन समेत अस्वीकार गरेका थिए तर उनीहरुलाई परामर्श दिएपछि उनीहरुले स्वीकार्न सहमत भएका थिए।

यो अनौठो रोगलाई हार्लेक्विन इचिथियोसिस भनिन्छ। यस रोगमा, बच्चाको छाला धेरै कडा र डिस्कोलर्ड हुन्छ। यसमा, यस्ता निशानहरू शरीरमा देखापर्दछ कि, मानौँ कसैले चक्कुले छिया छिया बनाइदिएको हो।

यो रोग मुख्यतया आफैँ भएको रोग हो। डाक्टरहरूले भनेका द्धन् कि, यो रोग एकै परिवारमा भएको वैवाहिक सम्बन्ध वा आफन्तको कारण यस्तो भएको हो । बच्चाको जन्म भने यहि हप्ता मात्र बंगालको एउटा निजी अस्पतालमा भएको थियो।

डाक्टरका अनुसार गर्भवती महिला गम्भीर पीडा भएको गुनासो गरेपछि त्यहाँ पुगेकी थिइन। उनले नौ महिनाको अवधिमा कुनै पनि परीक्षण गरेकी थिइनन्। उनी अन्य रोगको उपचारको लागि आएका थिइन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?