अफवाहका कारण ९ वर्षदेखि यहाँ बन्द भयो यो परिवार !

काठमाडौं । सोसल मिडियामा विभिन्न प्रकारका हफवाह फैलिरहेका हुन्छन् ।

केहि मानिस यसलाई नै सत्य मान्छन् । कोहि भने भविष्यवाणीदेखि यतिसम्म डराउँछन् कि, घरबाट बाहिर निस्किन समेत गाह्रो मान्छन् । केहि यस्तै भविष्यवाणी २०१२ मा पनि भएको थियो ।

कसैले यसलाई सत्य माने । भनिएको थियो कि त्यो वर्ष संसार अन्त्य हुनेछ । एउटा परिवार त्यहि अफवाहबाट यति डरायो कि, उनीहरु ९ वर्षयता त्यहिँको त्यहिँ छन् । यो घटना नेदरल्याण्डसको हो ।

नेदरल्याण्ड्सको राजधानी एम्सटर्डमबाट १४० किलोमिटर उत्तरपूर्वको ओर ड्रेन्थ प्रान्तस्थित रुइनरवर्ल्ड गाउँको फार्महाउसमा एक डच परिवार पछिल्लो ९ वर्ष यता त्यहिँको त्यहिँ छन् ।

उनीहरु संसार नष्ट हुने प्रतिक्षामा रहेको बताइएको छ ।

यो परिवारमा ५८ वर्षका वृद्धको साथमा १६ देखि २५ वर्षसम्मका ६ जना समोल छन् । त्यसैबेला एक २५ वर्षीय युवा त्यहाँबाट भागेर पुलिसलाई यसको जानकारी गराए । त्यसपछि पुलिसले त्यहाँ गएर हेर्दा ७ जनालाई फेला पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?