निन्द्रामा चित्र बनाउने अनौठो कला, बिउँझिदा गायब !

काठमाडौं । कतिपय मानिसहरुको निद्रामा बोल्ने हिँड्ने बानी हुन्छ । उनीहरुले सपनामा देखेका कुराहरुले गर्दा बाहिरनै बोल्ने हिँड्ने गरेका हुन्छन् । तर यस्तै निद्राको बारेमा आज हामी तपाईहरुलाई अनौठो कुराको बारेमा जानकारी दिन गईरहेका छौँ ।

ब्रिटेनमा एउटा यस्ती महिला छिन् जो निद्राको बेलामा बर्बराउने र हिँड्ने नभई सुन्दर तस्बिर बनाउँछन् । ब्रिटेनको वेल्श सुबेको कार्डिफ शहरमा बस्ने ली हेडविनले चार वर्षका उमेर देखि नै भित्तामा चित्र बनाउन शुरु गरेका थिए ।

उनले सानै उमेर देखि नै निद्रामा भित्तामा चित्र बनाउन शुरु गरेका थिए । उमेर बढेसँगै उनको निद्रामा चित्र बनाउने कला निखारीँदै गयो ।
उनी १५ वर्षका हुँदा त हेडविनले हलिउड अभिनेत्री मर्लिन मुनरोका तीन चित्र बनाएका थिए । बाल्यकाल देखिका ति रोचक तस्विरहरुको बारेमा आफूलाई याद नभएको उनी बताउँछन् ।

त्यति मात्रै हैन ली हेडविन ननिदाएको अवस्थामा कुनै पनि तस्विर बनाउन सक्दैनन् ।

कार्डिफ युनिभर्सिटीकी पेनी लुइसले लीको यो अनौठो कलाबारे अनुसन्धान गरेकी छिन् । उनका अनुसार सुत्नेबेला चित्र बनाउनु, उनको आधा सुतेको र आधा जागेको मस्तिष्कका कारण हुने गर्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?