सर्पको राज चल्ने अनौठो ठाउँ

काठमाडौं । मानिसहरु आइसल्याण्ड घुम्नको लागि जाने गर्दछन् । तर संसारमा एउटा यस्तो खतरनाक ठाउँ पनि छ, जहाँ जानु भनेको खतरा भन्दा कम छैन । यसको नाम हो स्नेक आईस्ल्याण्ड ।

ब्राजिलमा रहेको यो आइस्ल्याण्ड धेरै नै राम्रो छ । यसको वास्तविक नाम इलाहा दा क्यूइमादा हो । तर त्यहाँ मानिस होइन सर्पको राज चल्छ ।

संसारका सबैभन्दा खतरनाक सर्प पनि यसै ठाउँमा पाइन्छन् । त्यसैले त्यहाँ जाने मानिसहरु फर्किने सम्भावना कम हुन्छ ।
त्यहाँ वाइपर प्रजातिका सर्प पनि पाइन्छन् । उनीहरुसँग उड्ने शक्ति पनि हुन्छ । भनिन्छ, यी सर्पहरुको विष यति खतरनाक हुन्छ कि, मानिसको छाला समेत गलाउँछ ।

त्यहाँ मा त्र सर्पसँग जोडिएका विशेषज्ञलाई मात्र अनुमति छ । त्यहाँ पाइने सर्प धेरै दुर्लभ रहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य लाखौँमा रहेको छ । त्यहाँ पाइने गोल्डेन लान्सहेड वाइपरको मूल्य करिव ३० लाख रुपैयाँ पर्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?