अनौठो कुर्सी जसमा बस्ने ६३ जनाको गइसक्यो ज्यान

काठमाडौं । अधिकांश समय मानिसहरु शुभ र अशुभ कुराहरुको बारेमा बोलिरहेका हुन्छन् । केहि सामान अशुभ छन् भने त्यसको प्रयोग गर्न निषेध गरिन्छ ।

आज हामी तपाईलाई एउटा यस्तै घटनाको बारेमा जानकारी दिँदैछौँ । हरेक मानिसहरुलाई कुर्सीमा बस्न राम्रो लाग्छ । तर एउटा यस्तो कुर्सी पनि छ, जसमा बसेका ६३ जनाको अकालमै मृत्यु भएको छ ।

त्यसमा बस्नेहरुको मृत्यु पछि कुर्सीलाई अशुभ घोषणा गरिएको छ । भनिन्छ, यो द्वितीय विश्व युद्धको बेला एक पबमा राखिएको थियो ।

यसलाई हट सीटको नाम पनि दिइएको छ । यस कुर्सीमा बसेका मानिसहरु आजसम्म कोहि पनि फर्किएका छैनन् ।
यो कुर्सी अहिले इंग्ल्याण्डको म्यूजियममा राखिएको छ । जमीनबाट ६ फीट उचाईमा राखिएको यो कुर्सी सामान्य देखिन्छ, तर जो यो कुर्सीमा बसेको छ, उ अकालमा मृत्युलाई प्रप्त गरेको छ ।

यो कुर्सी थोमस बस्बी नामका एक व्यक्तिको मन पर्ने कुर्सी थियो । यो कुर्सिमा उनी कोहि पनि बसेको देख्न सक्दैन थिए ।
१७०२ मा एक पटक यो कुर्सीमा उनका ससुरा बसेका थिए । त्यसपछि उनी रुष्ट भएर उनको हत्या गरिदिए ।

त्यसपछि कोहि पनि उनको कुर्सीमा बस्न सकेनन् । मर्ने बेलामा उनले ‘कुर्सीमा बस्ने मरोस्’ भन्ने श्राप दिएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?