गोजीमा अट्ने विश्वको सबैभन्दा सानो वासिङ मेसिन

काठमाडौं – जाडोमा सबैलाई चिसो पानीभन्दा सकेसम्म टाढै बस्न मनलाग्छ । तर, लुगा धुने, भाँडा सफा गर्ने जस्ता दैनिक जीवनमा गर्नैपर्ने कामहरु कसरी नकार्न सकिन्छ र ?

त्यसमाथि अझ जागिर खाने वा व्यापार, व्यवसाय गर्नेहरुसँग यस्ता कामका लागि पर्याप्त समय नै हुँदैन र दिनभरिको कामको थकान र तनावका कारण उर्जा पनि हुँदैन ।

तर, चिन्ता नलिनुहोस् बजारमा अहिले विश्वकै सबैभन्दा सानो वासिङ मेसिन उपलब्ध छ । यसको आकार यति सानो छ कि यो तपाईको गोजीमा पनि अँट्छ । सोनिक सोक अल्ट्रासोनिक क्लिनर नामक यस मेसिनको अर्को विशेषता भनेको यसले लुगा मात्र होइन, मेकअपका सामान साथै खानेकुरा पनि सफा गर्न सक्दछ ।

पर्यावरणमैत्री र आवाजविहीन यस मेसिनले एक सेकेण्डमा ५० हजार अल्ट्रासोनिक भाइब्रेसन उत्पन्न गर्छ जसले फोहोरको कणहरुलाई टुक्र्याएर कीटाणु नष्ट गर्छ र कपडालाई सुकिलो बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?