काठमाडौं । राष्ट्रिय सभा सदस्य प्रमिलाकुमारीले जनताको बलिदानीबाट प्राप्त उपलब्धी नै सकाउने गरी लयाएको अध्यादेश कुनै हालतमा फिर्ता लिन सरकारसँग माग गरेकी छन् ।
राष्ट्रिय सभाको सातौँ अधिवेशनलाई सम्बोधन गर्दै प्रमिलाकुमारीले आफ्नो पार्टी जनता समाजवादी नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदमको घोर विरोध गर्ने बताईन् ।
उनले प्रधानमनत्रीको पछिल्लो कदम १७ साल पुस १ गते राजा महेन्द्रले चालेको प्रतिगमन जस्तै भएको भन्दै यसलाई कू को संज्ञा दिईन् ।
उनले भनिन्, संविधानमा प्रधानमन्त्रीलाई यो अधिकार नै छैन । प्रधानमन्त्रीको शृखलाबद्ध अभिव्यक्ति हेर्दा गणतन्त्रविरोधी चरित्र प्रष्ट भयो ।
उनले पहिचान सहितको संघियताको आन्दोलनलाई आयातित भन्दै जातिवादीको आरोप लगाएर ओली आफूले एकात्मक केन्द्रिकृत नश्लवादीको चरित्र धारण गर्ने चरित्र बोकेको बताईन् ।
उनले भनिन्, कोरोना महामारी नियन्त्रण गर्ने दायित्व सरकारको हो । तर प्रधानमन्त्री अन्तै छन् । यस्तो विषम परिस्थितीमा जनताले त्याग तपस्या र बलिदानीबाट प्राप्त गरेको यो उपलब्धी मासिने गरी लयाइएको अध्यादेश फिर्ता हुनुपर्छ, उनले दोहोर्याएर भनिन् । प्रतिनीधि सभाको पूनस्थापना हुनुपर्छ ।
यो पनि पढ्नुहोस् :
पार्टी विभाजनले मुटु फुटेको अनुभूति भएको छ : दिनानाथ शर्मा
प्रधानमन्त्रीलाई जितेन्द्र नारायण देवको प्रश्न : तपाईको पार्टीको समस्याले गर्दा संसद किन विघटन ?
फोन ट्यापिङ भइरहेको कुरा के हो र ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया