प्रधानमन्त्रीलाई जितेन्द्र नारायण देवको प्रश्न : तपाईको पार्टीको समस्याले गर्दा संसद किन विघटन ?

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको समस्याले संसद किन विघटन भन्दै प्रश्न गरेका छन् । उनले तपाईको पार्टीको समस्याले गर्दा संसद किन विघटन भयो ? भन्दै प्रश्न गरेका हुन् ।

राष्ट्रियसभा बैठकका क्रममा उनले भने, ‘नेपाली जनताको त्याग तपस्या र बलिदान २००७ साल पश्चात् निरन्तर संघर्ष आन्दोलन, मधेश आन्दोलन जनयुद्ध र लोकतन्त्र ल्याएको अवस्थामा यो नै समाप्त हुने लक्षण आकाशमा मडारिएको छ । वर्तमान राजनीतिको अवस्थाको बारेमा केपी शर्मा ओली सरकारले वेवास्ता गरेको छ ।’

उनले ७ अप्रिल सन् १८३७ को डेनमार्कको लेखकको कथा सुनाउँदै भने, ‘महाराजाका नयाँ लुगा भनेजस्तै नेपालको अहिलेको वर्तमान परिस्थितीलाई त्यो कथाले अत्यन्तै सांकेतिक रुपमा प्रतिकात्मक रुपमा प्रतिबिम्बन गरेको छ । महाराज नयाँ लुगा लगाइदिएर उनका अन्धभक्तले घुमाइरहेका हुन्छ । नेपालमा पनि त्यो अवस्था भइरहेको प्रति उनी दुखी सुनिए । ठिक गरेँ संवैधानिक गरेँ भनिरहेका छन् । यो गलत हो । त्यो विज्ञप्ति पनि संविधानले भन्छ ७६ को १ देखि १० देखाएर असंवैधानिक कदमका कारण देश दुर्घटनाको नजिक पुगेको छ । कुहिरोको कागजस्तो वा कालो तुवाँलोभित्र उडेको काग दिशाहिन छ । अलोकतान्त्रिक छ । विधिको शासनमामा विश्वास गर्ने भएकोले नेपाली कांग्रेस सर्वोच्चको फैसला कुरेर मात्रै अन्य कुरा गर्छ । यो संविधान बनाउने सहभागि भएको नाताले उनले ७६ राख्दै गर्दा कतिबेला प्रधानमन्त्रीले कतिबेला गर्ने भन्ने विषयमा लामो विषय चर्चा भएको थियो । राजनीतिक अस्थिरताको शिकार थियो त्यसैबखत तिनै कुरालाई लिएर राजनीतिक स्थिरता दिने कुरा हामी गम्भीर भएर बनाएका हौँ ।’

राजनीतिक सन्दर्भलाई लिएर उनले भने, ‘म पनि एउटा कानूनको विद्यार्थी हूँ, ७६ को १ देखि १० मा कहिँपनि बहुमतप्राप्त प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार दिइएको छैन । संसदलाई जाँचको मौका दिँदा फेल भयो भने मात्रै त्यो बिन्दुमा प्रतिनीधिसभा विघटनको प्रस्ताव लिएर राष्ट्र पतिकहाँ जाने हो । यसअघि ३ पटक यो घटना भएको भन्दै हामीले यो गरेका थियौँ । तर जनताको सार्वभौमसत्ता जनताको प्रतिनीधि बस्ने ठाउँ मर्नु वा मारिनु हुन्न । जनताको सार्वभौमिकतामाथी कार्यकारीले हस्तक्षेप गर्न पाईँदैन ।’

उनले अहिलेको संसद सुप्रिमेसी अफ पार्लियामेन्ट हो की सुप्रिमेसी अफ प्राईमिनिस्टर हो ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘प्रधानमन्त्री आफ्नो लोतन्त्रवादीको प्रशन तपाईले पार्टीभित्र समस्या भयो । पार्टीभित्रै समस्या हो तपाईको समस्या हो । बहुमत पार्टीभित्रै बनाउने हो नि । संसद विघटन गर्ने ? देशलाई खाल्डोमा जाक्ने ? जनताको प्रतिनीधि हामी भन्दै दुनियाँमा कोहि पनि कम्युनिष्टले यस्तो गर्दैन । सरकार अधिनायकवादतर्फ लम्किरहेको छ ।’

उनले उत्तर र दक्षिणबाट फाष्ट ट्याकमा नेपाल उत्रने र जाने देखिएको अवस्था र चलखेलले गर्दा नेपालको राष्टियतालाई कति बलियो पार्छ ? भन्दै प्रश्न गरे । उनी भप्छन्, यति होल्डिङ देखि प्रिन्टिङ प्रेसको कुरा गर्दा यो सरकार भ्रष्टाचारमा लिप्त रहेको कुरा सबैलाई थाहा भएको छ ।

उनले संवैधानिक आयोगहरुमा गरिएको नियुक्तिप्रति असन्तुष्टि जनाए । उनले थपे, ‘समृद्ध नेपाल सुखी नेपाली नारा बहुतै राम्रो छ तर सरकार दरिद्र नेपाल दुखी नेपाली को अवधारणामा जान्छ कि ? भन्ने मेरो आशंका कोभिडको बेला प्रष्ट भयो ।’

यो पनि पढ्नुहोस् : 

पार्टी विभाजनले मुटु फुटेको अनुभूति भएको छ  : दिनानाथ शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?