केहि नलागाई बर्फमाथि २१ किलोमिटर दौडिए यी व्यक्ति !

काठमाडौं । संसारमा रहेका हरेक मानिसको आआफ्नै शौख हुन्छ । त्यसैले मानिस आफन अनौठा शौख पूरा गर्न मरिहत्ते गरेर लागि पर्छन् । यसैबीच अहिले सोसल मिडियामा एउटा समाचार भाइरल बनिरहेको छ ।

उक्त भाइरल समाचार आइसम्यानको बारेमा रहेको छ ।

उनको नाम हो विम होफ । यी व्यक्तिले पोलर सर्किलमा निर्वस्त्ररुपमा २१ किलोमिटर दौडिएका छन् ।

उनले यसरी दौडीएर विश्व रेकर्ड कायम गरेका छन् । २००७ मा उनले माउण्ट एभरेस्टमा ७ हजार २०० मीटरको उचाईबाट केहि नलागाई चढेर सबैलाई चकित बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?