यो रेष्टुरेन्टमा पाइन्छ २४ क्यारेटको सुनको बर्गर, चाख्नको लागि मात्रै ६ लाख !

काठमाडौं । बर्गरका धेरै भेराइटी हुन्छन् । तर के तपाईले कहिल्यै सुनको बर्गर खानुभएको छ ? यदि यसको बारेमा तपाईलाई थाहा छैन भने हामी जानकारी दिनेछौँ ।

यो कोलम्बियाको बोगोटामा रहेको एक रेष्टुरेन्टमा पाइन्छ ।

त्यहाँ २४ क्यारेटको सुनको बर्गर पाइन्छ ।

यो बर्गर चाख्नको लागि मात्रै ६लाख ४ हजार रुपैयाँ पर्छ ।

अहिले बर्गर खानेको भीड हुने गरेको छ ।

बर्गरको नाम ह्याबर्ग रहेको छ ।

यसलाई पहिला प्लाष्टिकमा प्याकिङ गरिन्छ । त्यसपछि सुनको पाताले बेरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?