काठमाडौं । यमनको अस्थायी राजधानी एडन विमानस्थलमा हिजो (बुधवार) एउटा हवाइजहाज ल्याण्ड गरिसकेपछि भएको विस्फोटमा २२ जनाको मृत्यु भएको छ भने ५० भन्दा धेरै मानिस घाईते भएका छन् ।
यमनका नवगठित मन्त्रीमण्डल सवार रहेको विमानलाई लक्षित गरि बिस्फोट गराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
छिमेकी मुलुक साउदी अरेबियाबाट आएको उक्त विमान ल्याण्ड गरेपछि मन्त्रीमण्डलका सदस्यहरु विमानबाट उत्रिने क्रममा विमान बिस्फोट भएको थियो । विमान बिस्फोटपछि गोली चलेको बताइएको छ ।
प्रधानमन्त्री मइन अब्दूलमलिक सुरक्षित रहेको बताइएको छ ।
#WATCH Yemen: At least 5 people killed & dozens more wounded in an attack on Aden airport, shortly after a plane carrying a newly formed govt for Yemen arrived from Saudi Arabia today, reports Reuters quoting a local security source
(Video Source: Reuters) pic.twitter.com/a5Xf7vthzu— ANI (@ANI) December 30, 2020
यमनको विमानस्थलको त्यो डरलाग्दो बम विस्फोट : रेड कार्पेटमा जब लाशहरु बज्रिए !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया