संसारकै सबैभन्दा कम उमेरका शेफ, एक वर्षको उमेरमा बनाउँछन् खाना (भिडियोमा)

काठमाडौं । अहिले सारा विश्वमा कोरोना भाइरसको महामारी फैलिएको छ । मानिसहरु बितेको ४ महिना यता घरमा कैद भएका छन् ।

जताततैको माहोल डरलाग्दो छ । यसैबीच सोसल मिडियामा एक भिडियो अहिले अत्याधिक भाइरल बनिरहेको छ । भिडियोमा एक वर्षका बालक खाना बनाइरहेको देख्न सकिन्छ । उनको नाम रहेको छ कोबी ।

उनी अमेरिकाको भर्जिनियाका बासिन्दा हुन् । उनी सोसल मिडियामा खाना बनाउने विभिन्न नयाँ तरिका शेयर गरिरहेका हुन्छन् । जसको भिडियो सोसल मिडियामा अत्याधिक मन पराइएको पनि छ ।

उनको कोबी ईट्स नामक एक इन्स्टाग्राम अकाउण्ट पनि रहेको छ । जसमा २५ लाख भन्दा धेरै फलोअर्स छन् ।

अकाउण्ट भने उनका आमा बुवाले म्यानेज गरेका छन् । उनको एक यूट्युब च्यानल पनि छ । जसमा लाखौँ सब्स्क्राइब रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?