३० वर्षसम्म महिलाको जीवन बिताइरहेका व्यक्ति पुरुष भएको थाहा भएपछि…

काठमाडौं । शारीरिक बनावटका आधारमा महिला र पुरुषको फरक छुट्याइन्छ । तर कहिले काहि जेनेटि परिवर्तनलाई बाहिरबाट हेरेर मात्र पहिचान गर्नु सहज छैन ।

त्यसैले एक व्यक्ति बितेको ३० वर्ष यता महिलाको जीवन बिताइरहेका थिए । तर उनको बारेमा उपचारका क्रममा पुरुष भएको थाहा पाएपछि सबै हेरा नबनेका छन् ।

यो घटना भारतको कोलकताको हो । त्यहाँ बस्ने एक ३० वर्षीय महिलालाई क्यान्सर भयो ।

जसको उपचार गराउनका लागि परिवारले अस्पताल लिएर गए । तर उपचारका क्रममा डाक्टरले जब महिला भनिएका व्यक्ति पुरुष भएको थाहा पाए तब सबै हैरान भए ।

उक्त व्यक्ति कोलकताको वीरभूमका रहेका छन् भने उनी पेट दुखेको भन्दै अस्पताल पुगेका थिए । उपचारका क्रममा डाक्टरले उक्त रहस्य पत्ता लगाएपछि सबै हैरा नबनेका छन् । उक्त व्यक्ति हेर्दा महिला जस्तो देखिन्छन् ।

उनको आवाज, शारीरिक विकास सबै महिलाको जस्तो देखिन्छ तर उनी एक पुरुष रहेको कुरा ३० वर्ष पछि पत्ता लागेको हो ।

डाक्टरहरुले यो एक रोग भएको बताएका छन् । जसमा भौतिक लक्षण महिलाको जस्तो हुने गरेको बताइएको छ ।

उक्त व्यक्ति बितेको ९ वष यता विवाह गरेर बसेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?