ग्राहकलाई ट्वाईलेटको पानी खुवाउने अनौठो रेष्टुरेण्ट !

काठमाडौं । हामी परिवार र साथीहरुसँग रेष्टुरेण्टमा जान्छौँ ।

त्यहाँ बसेर खाना वा खाजाहरु पनि खान्छौँ । तर आज हामी तपाईलाई एउटा यस्तो रेष्टुरेण्टको बारेमा जानकारी गराउनेछौँ जो सुनेपछि तपाई अचम्ममा पर्नुहुनेछ ।

यो रेष्टुरेन्ट बेल्जियममा रहेको छ भने यसको नाम गस्ट रहेको छ । यो रेष्टुरेण्टमा ग्राहकलाई पिउनको लागि ट्वाईलेटको पानी रिसाइकल गरेर दिने गरिन्छ ।

नालाको पानीलाई सफा गरेर दिन ल्निे प्यूरिफायर होटलमा लगाइएको छ । यो रेष्टुरेन्टमा काम गर्ने कर्मचारीहरु भन्छन्, पहिला ट्वाईलेटको पानी फर्टिलाइजरमा सफा गरिन्छ । त्यसमा वर्षाको पानी मिसाइन्छ र फेरि पिउन लायक बनाउनको लागि वाटर प्यूरिफायरमा दिइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?