श्रीमतीलाई गाह्रो भयो भनेर पहाडमा खने २५ फीट गहिरो कुवा

काठमाडौं । भारतको झारखण्डको खुन्टी जिल्लाका २५ वर्षीय चाडा पहानले आफ्नी श्रीमतीलाई गाह्रो भयो भेनर पहाडमा २५ फीट गहिरो कुवा खनेका छन् ।

उनले श्रीमती इमोनलाई गाह्रो भएपछि यसो गरेको बताएका हुन् । इमोनले हरेक बिहान २ किलोमिटर हिँडेर पानी ल्याएर जानुपर्ने भएकोले पहाडमै यति गहिरो कुवा खनेको बताएका छन् ।

उनले पहिला आफ्नै घरम नजिकै पानी खोजे तर एकदिन उनले घर नजिकै पहाडी चट्टानबाट पानी निस्करहेको देखे ।

त्यसपछि उनले त्यहिँ एक कुवा खनेको बताएका थिए । उनले एक वर्षभन्दा पनि कम समयमा यो काम पूरा गरिसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?