विवाहको वर्षगाँठमा श्रीमतीलाई चन्द्रमामा घडेरी उपहार, श्रीमती भइन् भावुक

काठमाडौं । विवाहको वर्षगाँठमा श्रीमान श्रीमतीले एक अर्कालाई उपहार दिने प्रचलन आज भोलि सामान्य भइसक्यो । तर एक व्यक्तिले आफ्नो विवाहको आठौं वर्षगाँठको अवसरमा श्रीमतीलाई चन्द्रमामा घडेरी किनेर उपहार दिएका छन् ।

झट्ट सुन्दा अच्चम्मित पारने यो समाचार भारतको हो । भारतका धर्मेन्द्र अनिजा (हाल ब्राजिलमा कार्यरत) ले वैवाहिक वर्षगाँठको अवसरमा पत्नीसँग केक काटेपछि चन्द्रमाको तीन एक्कड घडेरी सरप्राइज दिएका हुन् ।

चन्द्रमामा आफूले किनेको घडेरीको लालपूर्जा उनले वैवाहिक एनिभर्सरीको दिन पत्नी सपनालाई उपहार दिएका हुन् । उनले अमेरिकाको न्युयोर्क सिटीस्थित लुनार सोसाइटी इन्टरनेसनल नामक कम्पनीमार्फत् चन्द्रमामा घडेरी खरिद गरे ।

चन्द्रमाको १४.३ डिग्री उत्तरी अक्षांश तथा ५.६ पूर्वी देशान्तरमा उनले तीन एक्कड जकिन खरिद गरेका बुझिएको छ । जमिन खरिद गरेसँगै धर्मेन्द्रले चन्द्रमाको नागरिकतासमेत प्राप्त गरेका छन् भने भविष्यमा उनलाई चन्द्रमामा थप जमिन खरिद बिक्री गर्ने अधिकारसमेत प्रदान गरिएको छ ।

  • एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?