एकै व्यक्तिले चिट्ठामा १८ अर्ब रुपैयाँ जितेपछि !

काठमाडौं । चिठ्ठामा नै १८ अर्ब रुपैयाँ पर्यो भन्ने कुराले धेरैलाई अचम्मित बनाउँछ । तर एक जना व्यक्तिले भने साँच्चै नै यति ठूलो रकम हात पारेका छन् ।

सुन्दै विश्वास नलाग्ने यो घटना बेलायतको हो । त्यहाँका एक व्यक्तिले झण्डै १८ अर्ब रुपैयाँ बराबरको रकम चिट्ठामा जितेका छन् ।

उनले बेलायतको द नेशनल लटरीमा टिकट खरीद गरेका थिए । सोही लटरीमा उनलाई झण्डै १८ अर्ब रुपैयाँ बराबरको चिट्ठा परेको हो । समाचारमा उल्लेख भए अनुसार नाम सार्वजनिक नगरिएका ति व्यक्ति बेलायतमा चिट्ठामा सबैभन्दा धेरै रकम जित्ने तेश्रो व्यक्ति बनेका छन् ।

यो भन्दा अघि बेलायतमै सन् २०११ मा एकजनाले २४ अर्ब रुपैयाँ बराबरको रकम चिट्ठामा हात पारेका थिए । सन् २०१२ मा अर्का एक जनाले २२ अर्ब रुपैयाँ बराबरको रकम चिट्ठा जितेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?