पहाडमा ऐना राखेर गाउँ नै उज्यालो बनेको शहर !

काठमाडौं । सूर्य उर्जाको श्रोत मात्र होइन, जीवनका लागि अभिन्न अंग पनि हो । तर पृथ्वीमा यस्ता पनि केहि स्थानहरु छन्, जहाँ वर्षमा केहि महिनामात्र सूर्यको प्रकाश देख्न पाइन्छ ।

त्यस्तै एउटा ठाउँ हो, आर्कटिक सर्कलको उत्तरमा स्थित नर्वेको टाम्स शहर । जहाँ हरेक वर्ष नोभेम्बरदेखि जनवरीसम्मको तीन महिना सूर्यको प्रकाश देख्न पाइदैन ।

उत्तरी गोलार्द्धमा रहेका कारण यो ठाउँले भौगोलिक नोक्सान सहनु परेको छ । त्यसबाट दक्षिणमा जाने हो भने नर्वेको रजुकान गाउँ आउँदछ ।

उक्त गाउँ ६ महिनासम्म बिना सूर्यको प्रकाश रहन्छ । त्यसको कारण हो गाउँको दुबै तिर रहेका ठूला दुई पहाड । जसका कारण त्यहाँका मानिस ६ महिनासम्म सूर्यको प्रकाश बिना नै जीवन यापन गर्दछन् । तर टेक्निक विशेषज्ञहरुले यो समस्याको समाधान ऐनाबाट गरेका छन् ।

उक्त समस्याको समाधान सूर्यको प्रकाशको दिशामा पहाडमा ठूला सन मिरर लगाएर हल गरेका हुन् । जसका कारण सूर्यको प्रकाश परावर्तित भएर गाउँमा उज्यालो छाउने गर्दछ ।

सूर्यको प्रकाश नदेख्दा दुखी बनेका मार्टिन एन्डरसनले रजुकानमा स्थानीय अधिकारीहरुसँग मिलेर ८ लाख डलरको लगानीबाट सन मिरर पहाडमा लगाउँदै गाउँलाई उज्यालो बनाएका हुन् ।

ऐना एन्डरसनले पहाडमा राखे पनि यो आइडिया भने एक शताब्दी पहिला नै इन्जिनियर स्याम हाइडले निकालेका थिए । सन् १९२८ मा केवल कारको माध्यमबाट सूर्यको दर्शन गर्न त्यहाँका मानिसहरु माथिसम्म जाने गर्दथे । तर अहिले त्यहाँ दिनैभरी सूर्यको प्रकाश देख्न सकिन्छ ।

यो ऐना ५३८ वर्ग फुट क्षेत्रमा लगाइएको छ, जसले शहरको २१५० वर्ग फिट क्षेत्रलाई उज्यालो बनाएको छ । बाँकि क्षेत्रमा भने अन्या श्रोतबाट उज्यालो बनाइएको छ । उज्यालो आएसँगै रजुकानमा पर्यटनहरु बढ्न थालेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?