२०७७, १३ पुष सोमवार २१:३५

७० करोड वर्ष पहिले सर्पको खुट्टा हुने गरेको अध्ययन दाबी


प्रकाशित मिति : २०७७, १३ पुष सोमवार २१:३५

काठमाडौं । सर्पको खुट्टा हुँदैन, यो कुरा हामी सबैलाई थाहा छ। तर ७० करोड वर्ष अगाडि सर्पको खुट्टा भएको वैज्ञानिकहरुको नयाँ खोजबाट पत्ता लगेको छ ।

अमेरिकी जर्नल साइन्स एडभान्सेसमा प्रकाशित अनुसन्धानमा सर्पको खुट्टा भएको जनाइएको छ। सर्पका जीवाश्मको नयाँ अध्ययनबाट सर्पहरुको खुट्टा भएको पत्ता लागेको हो।

अनुसन्धानमा सर्पका हाड, खोपडीजस्ता अंगहरुको अध्ययन गरिएको थियो। अध्ययनअनुसार पहिलेका सर्पहरु अहिलेकाभन्दा तुलनात्मक रुपमा ठूला खालका हुने गर्दथे।

७० करोड वर्षयता देखि भने सर्पहरुको खुट्टा हराउन थालेको अनुसन्धानमा बताइएको छ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस