श्रीमान-श्रीमतीले एकैपटक दर्शन गर्न नपाउने अनौठो मन्दिर !

काठमाडौं । कुनै मन्दिरमा जान महिलालाई निषेध गरिएको हुन्छ भने कुनैमा पुरुषलाई प्रवेश निषेध गरिएको हुन्छ । तर,एउटा यस्तो मन्दिर पनि छ जहाँ श्रीमान/श्रीमतीले एकैसाथ दर्शन गर्न पाउँदैनन् ।

अर्थात, जोडीलाई यो मन्दिर प्रवेशमा रोक लगाइएको छ । यसको रहस्य भगवान शिवसँग जोडिएको विश्वास गरिन्छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो मन्दिर भारतको सिमलास्थित रामपूर नामक स्थानमा रहेको दुर्गा मन्दिरको हो । यस मन्दिरमा जोडीले पूजा गर्न पाउँदैनन् ।

यस मन्दिरलाई श्राईकोटी माताको नामले पनि चिन्ने गरिन्छ । यो हिमाञ्चल प्रदेशकै चर्चित मन्दिर समेत हो।

त्यहाँको उक्त मन्दिरमा दम्पत्ति दर्शन गर्न फरक फरक समयमा जाने गर्दछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?