एउटा खरबुजाको लागि भएको थियो भयानक युद्ध, गएको थियो हजारौँको ज्यान !

काठमाडौं । आज हामी एउटा खरबुजालाई लिएर भएको भयंकर युद्धको बारेमा तपाईलाई जानकारी गराउनेछौँ ।

ईस्वी संवत १६४४ मा बिकानेर रियासतको सीलवा गाउँ र नागौर रियासतको जाखणियाँ गाउँमा एक खरबुजाको विषयलाई लिएर भयंकर युद्ध भएको थियो ।

जसमा हजारौँ सिपाही शहिद भएका थिए । यो लडाई संसारकै एकमात्र त्यस्तो लडाई थियो, जो मात्र एक फलको विषयमा लडिएको थियो ।

इतिहासमा त्यसलाई मतीरे की रडको नामबाट जान्ने गरिन्छ । उक्त युद्ध भएको गाउँ सीमाका गाउँ थिए । र त्यहाँ रिसायतको सीमामा उब्जिएको फल नागौरको सीमामा फलेको थियो । त्यो बेला खरबुजालाई मतीरा भन्ने गरिन्थ्यो ।

त्यसपछि दुबै गाउँले खरबुजा आफ्नो भएको दाबी गरेका थिए । जसमा पछि विवाद बढ्दै गयो र युद्ध भयो ।

इतिहासमा पाइन्छ ‘मतीरे की राड’

त्यसपछि झगडा शुरु भयो । त्यसबेलामा नागौरका सेनाको नेतृत्व सिंघवी सुखमलले गरेका थिए भने बिकानेरको नेतृत्व रामचन्द्र मुलियाले गरेका थिए ।

हजारौँ सिपाहीको गयो ज्यान

बीकानेरका शासक राजा करणसिंह र नागौरका शासक राव अमरसिंहका अनुसार खरबुजा दुबै तर्फकाले दाबी गरेका थिए ।

त्यसैकुरामा झगडा भएको थियो । त्यसैबीचमा युद्ध भयो र हजारौँको मृत्यु भयो । त्यस युद्धमा बीकानेरको जीत भएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?