ढाई किलोको निबुवा देखेर हैरान बने मानिस, सेल्फी लिनेको भीड !

काठमाडौं । निबुवा विभिन्न प्रजातीको हुन्छ । यस्तै एउटा निबुवाको खबर अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ । भाइरल समाचारमा एउटै निबुवा ढाई किलोको रहेको छ ।

जसको सेल्फी खिच्न मानसिको भीड लागेको छ । भारतको हरियाणाका एक किसानले यो निबुवा फलाएका थिए ।

किसानको नाम विजेन्द्र थोरी रहेको छ ।

उनको खेतमा ढाईदेखि तीन किलोसम्मको निबुवा फलिरहेको बताइएको छ ।

उनले यति ठूलो निबुवा फलाएपछि उनी अब गिनिज बुक अफ विश्व रेकर्ड कायम राख्ने सोचमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?