मानिसलाई टोकेपछि तड्पिएर आफैँ मर्यो सर्प !

काठमाडौं । सर्पले टोकेपछि अधिकांश मानिसको मृत्यु हुन्छ । तर के तपाईले कहिल्यै मानिसलाई टोकेपछि सर्प आफैँ मरेको कुरा सुन्नु भएको छ ।

यदि छैन भने हामी तपाईलाई यसको बारेमा जानकारी गराउँछौँ । सुन्दा विश्वास नलाग्ला तर यो घटना सत्य हो ।

भारतको झारखण्डमा एक कोब्रा सर्पले एक व्यक्तिलाई टोक्यो तर सर्पले टोकेपछि सर्प आफैँ तड्पिएर मरेको छ ।

यो घटना भारतको झारखण्डस्थित जामतारा जिल्लाको हो । त्यहाँ स्थित एक व्यक्तिलाई कोब्रा सर्पले टोक्यो । तर परिणाम सर्प आफैँ मर्यो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार बागडेहरी थानामा रहेका असिस्टेन्ट सब इन्सपेक्टर चरण बोपाय आफ्नो ड्यूटीमा निस्किएका थिए । त्यहि बेला एक कोब्राले उनलाई टोक्यो ।

पुलिस जवानलाई टोकेपछि सर्प भाग्न लाग्यो । तर भाग्न लाग्दै गर्दा उ एक्कसी छट्पटाउन थाल्यो र त्यहीँ मर्यो ।

सर्प मरेपछि पुलिस जवान अस्पताल गए । परीक्षण पछि उनलाई सर्पले टोकेपनि केहि असर नभएको अस्पतालले बतायो । तर सर्पले टोकेपछि सर्प आफैँ कसरी मर्यो भन्ने बारेमा भने सबै अचम्मित भएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?