ओलीको कदमपछि प्रचण्ड निवास खुमलटारमा भेला, के भयो निर्णय ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने प्रस्ताव ल्याएसँगै राजनीति तरंगित बनेको छ ।

त्यससँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुको बैठकले संसद् विघटनको प्रस्ताव फिर्ता लिन दवाव दिने निर्णय लिएको छ ।

प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले सो निर्णय गरेको हो ।

यसैबीच संसद विघटनको प्रस्ताव फिर्ता लिन आग्रह गर्न प्रचण्ड बालुवाटार पुगेका छन् । केहीबेरअघि प्रचण्ड बालुवाटार प्रवेश गरेका छन् ।

यो पनि
संसद विघटन गर्दा के हुन्छ ? जानकारले देखाए ७ खतरा, यस्तो छ संविधानमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?