कृषि तथा वन विज्ञान विश्वविद्यालयको हल्ट प्राइजको फाइनल सम्पन्न 

काठमाडौं । कृषि तथा वनविज्ञान विश्वविद्यालय प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुर अन्तर्राष्ट्रिय वार्षिक व्यापार उद्यमशीलता चुनौती “हल्ट प्रइज २०२०/२१ ” को  फाइनल डिसेम्बर १३ मा भव्य रूपमा सम्पन्न भएको छ ।
यो अन क्याम्पस कार्यक्रम” पहिलो पटक कृषि तथा वनविज्ञान विश्वविद्यालयमा सञ्चालन भएको हो ।
यो प्रतिस्पर्धालाई विद्यार्थीहरूका लागि “ नोबल पुरस्कार ” भनेर चिनिन्छ ,जसको विजेताहरुका लागि १ मिलियन अमेरिकी डलर पुरस्कार रहेको छ ।
हल्ट पुरस्कार एक अन्तर्राष्ट्रिय खुला प्लेटफर्म पनि हो जसले विद्यार्थीहरुलाई नेटवर्क र उद्यमशीलता अगाडि बढाउन अवसर दिन्छ । यो प्रतिस्पर्धाका विजेता विद्यार्थीहरूका लागि १ मिलियन अमेरिकीडलर पुरस्कार रहेको छ।
यो युवाहरुको सञ्जाल हो, जस्ले युवापुस्तालाइ समाज र विश्व परिवर्तन गर्न उत्प्रेरित गर्छ। यो विद्यार्थीहरुको लागि संसारकै ठूलो प्रतिस्पर्धा हो।
 बर्षको चुनौती/ बिषय “Food For Good” विषयमा आधारित भएर प्रतिस्पर्धीहरूले आफ्नो नवीनतम उद्धमशिलता विचार प्रस्तुत गरेका थिए।
१० समूहले दर्ता गरेकोमा ४ समुहले फाइनलमा  उद्धमशिलता विचार प्रस्तुत गरेका थिए । कृषि तथा वनविज्ञान विश्वविद्यालयका विभिन्न क्याम्पसका प्रतियोगीले भर्चुअल माध्यमबाट जूम एपबाट आफ्नो विचार प्रस्तुत गरेका थिए । उद्यमशीलता प्रस्तुति र विचारको मूल्यांकन ३ जना निर्णायकहरुले गरेर विजेता घोषणा गरिएको थियो। प्लास्टिक जन्य फोहर पदार्थलाई संकलन गरेर त्यसको उपयोग खेतीमा गरेर बढी उत्पादन गराउनुका साथै वातावरणमा कम भन्दा कम असर पार्ने हुने कुरा प्रस्तुत गरेको टीम एमिगोज (Team Amigos) ले जीत  हासिल गरेको थियो । विजेता टीममा विशाल अर्याल, ऋषि बोगटी , अभिषेक अर्याल र सरस्वती पाण्डे गरी चार जना थिए ।
सामाजिक अभियन्ता र उद्यमी आनन्द मिश्र , शिक्षा तथा वातावरण विद पर्शुराम निरौला, हल्ट प्राइज नेपालका कम्युनिटी बिल्डर सुसन डंगोल ज्यू र सेन्ट जेभियर इन्स्टिच्युट चितवनका प्रबन्ध निर्देशक प्रशान्त अधिकारी थिए। कार्यक्रमको मुख्य प्रायोजक सेन्ट जेभियर इन्स्टिच्युट चितवन थियो भने सिद्धार्थ एग्रोभेट, टीकापुर र शुभम सृजनशील कृषि फर्म, लम्कीचुहा थिए ।
“अन क्याम्पस प्रोग्रामको” विजेताले “रिजनलको” लागि सिधै प्रतिस्पर्धा गर्न पाउने छन्।
रिजनलका विजेता accelerator मा पर्तिस्पर्धा गर्ने मौका पाउने छ्न् र ‘accelerator’ का विजेताले global finals मा प्रतिस्पर्धा गर्न ‘UN headquarter’ मा गएर आफ्नो ‘business idea’ प्रस्तुत गर्ने मौका को साथ साथै प्रतिस्पर्धा जितेर आफ्नो उद्धम सन्चालन गर्न ‘1 million’ अमेरिकि डलर प्राप्त गर्ने मौका पाउने छन्।
भोकालाई खुवाउने, रोजगारको सृजना गरी अर्थतन्त्रलाइ उत्प्रेरित गर्दै व्यवहारिक खाद्य उध्यम सञ्चालन गरेर २०३० सम्म १ करोड व्यक्तिको जीवनमा परिवर्तन ल्याउने उदेश्य राखेको हल्ट चुनौती (food for good) मा सहभागी भई आफ्नो समाज , राष्ट्रिय र विश्वव्यापी बढ्दै गरेको खाद्य संकटलाई अवसरको रूपमा परिवर्तन गर्न यस बर्षका हल्ट प्राइज कृषि तथा वनविज्ञान विश्वविद्यालय प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुरका क्याम्पस डाइरेक्टर भरत साउदले अनुरोध गरे र विजेता समूहलाई रिजनल प्रतिष्पर्धाका लागि शुभकामना व्यक्त गरेका छन् तथा हारेका टीम लाई जीत हार सामान्य कुरा हो हरेका टीमको विचार राम्रो भए अरूले त्यसमा लगानी गर्न सक्ने सम्भावना हुन्छ  निराश नहुन भनेर हौसला दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?