खान लागेको अक्टोपसले गाला टोकेपछि !

appharu
0
Shares

काठमाडौं । मानिसहरु आफू फेमस बन्नका लागि बिभिन्न भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्छन् ।

यस्तैक्रममा एक चिनियाँ भ्लगर युवतीले जिउँदो अक्टोपस खाएर त्यसको भिडियो बनाउने प्रयास गरेकी थिइन् । तर घटना उनले सोचेको भन्दा विपरीत हुन पुग्यो ।

सि साइड गर्ल लिटल सेभेननामकी ति भ्लगरले लाइभमा अक्टोपसलाई आफ्नो मुखभित्र राखिन् । तर, अक्टोपसले उनीमाथि नै आक्रमण गर्न पुग्यो।

भिडियोमा अक्टोपसको आक्रमणबाट फुत्किन उनलाई असहज भएको सहजै अनुमान लगाउँन सकिन्छ । अक्टोपसले उनको नाक, मुख र आँखाको तल्लो भागमा निकै जोरले समातेको भिडियोमा देख्न सकिन्छ ।

युवतीले अक्टोपस आफ्नो मुखबाट निकाल्न धेरै प्रयास पछि मात्र सफल भएकी थिइन् । अक्टोपसको आक्रमणबाट मुक्त हुने प्रयास गर्दा युवती पीडाले कराइरहेको पनि भिडियोमा देख्न सकिन्छ ।

खान लागेको उक्त अक्टोपसले चिथोर्दा उनको गालामा चोट लागेको छ ।

चीनियाँ युवतीको उक्त भिडियो यतिखेर सामाजिक सञ्जालमा भाइरल भईरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?