लौरा क्ल्याभर्टले तीन वर्षमा घटाइन् ९४ किलो वजन !

काठमाडौं । मानिसहरुमा मोटोपनको समस्या धेरैमा हुने गर्दछ । जसका कारण विभिन्न उपायहर पनि अपनाईरहेको देख्न सकिन्छ ।

जसका कारण मानिसहरुमा धेरै रोग हुने गर्दछ । यसैबीच लौरा क्ल्याभर्ट अहिले एक हेल्थ ट्रेनरको रपमा अन्य मानिसलाई तौल कम गर्न प्रोत्साहित गर्दछिन् ।

यो भन्दा पहिला उनले कडा मिहेनत गरेर आफ्नो तौल घटाएकी थिइन् । उनको तौल धेरै बढेको थियो ।

एक समय त उनी १८४ किलोकी भएकी थिइन् । तर पछि उनले ९४ किलो तौल घटाइन् । उनी २६ वर्षको हुँदा हृदयघातको शिकार बनेकी थिइन् ।

जसका कारण उनी डिप्रेशनमा पनि गइन् । त्यसपछि उनी डाक्टरसँग गएकी थिइन्, जसमा डाक्टरको सहयोगले आफ्नौ तौल घटाएको उनले बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?