काठमाडौं । कोरोना भाइरसका कारण गत चैतदेखि बन्द भएको सिन्धुपाल्चोकको भोटेकोशीको बञ्जी जम्प पुनः सञ्चालनमा आएको छ ।
करिब नौ महिनापछि भोटेकोशीको बञ्जी जम्प पुनः सञ्चालनमा आएको हो ।
स्वास्थ्य सुरक्षाको मापदण्डलाई मध्यनजर गर्दै हाललाई १५ जनासम्मले बञ्जी गर्ने गरेको कुरा दी लास्ट रिसोर्ट इकाइका अध्यक्ष राम बाहादुर भुजेलले लोकपथलाई जानकारी दिए ।
मास्क बिना दी लास्ट रिसोर्टमा प्रवेश निषेध गरिएको र बञ्जी गर्नेहरुलाई पनि सामिजिक दूरी कायम गराईएको भुजेलले जानकारी दिए ।
१६० मिटरको उक्त बञ्जी जम्पमा पछिल्लो समय युवाहरुको रोजाईमा पर्ने गरेको छ । बञ्जीका लागि स्वदेशीलाई छ हजार र विदेशीलाई नौ हजार २०० दस्तुर लिने गरिएको भुजेलले जानकारी दिए ।
यो पनि पढ्नुहोस् : जिन्दगीकै अविस्मरणीय त्यो पाँच सेकेन्ड…!
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया