नेयमारको ह्याट्रिकमा पीएसजीको शानदार जित

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जित हात पारेको छ । बुधवार राति भएको खेलमा पीएसजीले ईस्तानबुल क्लबलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन नेयमारले ह्याट्रिक गरे । थप दुई गोल केलियन एम्बाप्पेले गरे । नेयमारले खेलको २१ औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको ३८ औं मिनेटमा नेयमारले अग्रता दोब्बर बनाए । खेलको ४२ औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई ३–० ले अघि बढाएका थिए । नेयमारले खेलको ५० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।

PSG 5-1 Istanbul Basaksehir, results, summary and goals: Champions League  Group H - AS.com

पाहुना टोली ईस्तानबुलका टोपालले ५७ औं मिनेटमा गोल गर्दै अन्तर घटाउने प्रयास गरेका थिए । एम्बाप्पले ६२ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरे । मंगलवार राति खेल्ने तय भएको खेल ईस्तानबुलका अफिसियललाई रेफ्रीले रंगभेदी व्यवहार गर्दा रद्ध हुन पुगेको थियो । सोही कारण दुवै टिमका खेलाडीले मैदान छाडेका थिए ।

पीएसजी समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गर्यो ।

Abandoned PSG vs. Basaksehir To Resume Wednesday

समूह चरणका खेल सकिदा शीर्ष स्थानको पीएसजी र लाईपेजिगले समान १२ अंक बटुले । युनाईटेड ९ अंकमा सिमित रह्यो । ईस्तानबुल ३ अंक सहित पुछारमा रह्यो ।

  • एजेन्सी

यो पनि पढ्नुहोस् : किन रोकियो पीएसजी र इस्तानबुलबीच चलिरहेको खेल ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?