किन रोकियो पीएसजी र इस्तानबुलबीच चलिरहेको खेल ?

काठमाडौं । च्याम्पियनस लिग अन्तर्गतको खेलमा गएराति पेरिस सेन्ट जर्मेन (पीएसजी) र टर्कीको इस्तानबुल बेसाकसेहिरबीच भइरहेको खेल अवरुद्ध भएको छ ।
फोर्थ अफिसियलले रंगभेदी शब्द प्रयोग गरेको आरोप लागेपछि १४ औँ मिनेटमा नै खेल अवरुद्ध भएको हो ।

PSG vs Istanbul Basaksehir suspended after racism allegation - Manchester  Evening News

फोर्थ अफिसियल सेबास्टियन कोल्टेस्कुले अवे खेलका लागि फ्रान्स पुगेको इस्तानबुलका सहायक प्रशिक्षक पिएरे वेबोलाई रंगभेदी शब्द प्रयोग गरेको आरोप लागेको थियो । वेबोलाई टचलाइनछेउमा रेफ्रीले रातो कार्ड पनि देखाएका थिए । वेबो क्यामरुनको राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी हुन् ।

Paris Saint-Germain vs Istanbul Basaksehir ABANDONED after players walked  off pitch during Champions League clash due to alleged racist incident

यसरी खेल शुरु भएको १४ मिनेटमा नै रोकिन पुगेको थियो । उक्त खेल आज खेलाउने युईएफएले जनाएको छ । खेल १४ मिनेटबाट शुरु हुनेछ र नयाँ अफिसियलहरुले खेलाउनेछन् । खेलको १४ औँ मिनेटसम्म खेलमा कुनै गोल भएको छैन ।

  • एजेन्सी

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?