काठमाडौं । कोरोना भाइरसका कारण अहिले सारा विश्व नै आक्रान्त छ । मानिसहरु आफ्नो घरमै बसीरहेका छन् । अतिआवश्यक काम भएकाहरु स्वास्थ्य मापदण्ड अपनाउँदै बाहिर निस्कने गरेका छन् ।
भारतको राजस्थानमा यही कोरोना महामारीबीच एउटा रोचक घटना बाहिर आएको छ ।
राजस्थानको केलवाडा कोभिड केन्द्रमा एक कोरोना संक्रमित जोडीले विवाह गरेका छन् । उनीहरुले पीपीई लगाएर विवाह गरेका हुन् । बेहुलीको विवाहकै दिन कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

उक्त विवाहको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भई रहेको छ ।

सामाजिक सञ्जालमा मानिसहरुले उक्त भिडियोमा विभिन्न कमेन्ट गरिरहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया