मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारी अनुसार उनी केहीबेर अघि शीतलनिवास पुगेर राष्ट्रपतिसँग भेटेका हुन् ।

स्रोतका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेट नियमित हो । तर प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् बैठक पनि बोलाएका कारण यो भेटलाई महत्वपूर्ण मानिएको छ ।

आज अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । फाईल फोटो

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् : 

दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?