बेपत्ता विमान ३५ वर्ष पछि अचानक ल्यान्ड हुँदा मच्चियो भागदौड !

काठमाडौं । सारा विश्व रहस्यले भरिएको छ । केहि रहस्यहरु त यस्त छन् कि, जसलाई बुझ्न पनि हामी असम्भव हुन्छौँ ।आज हामी तपाईलाई एउटा यस्तो रहस्यको बारेमा बताउँदै छौँ, जसले तपाई अचिम्मित हुनुहुनेछ ।

यो रहस्य एउटा फ्लाइट गायब भएको हो । हामी कुरा गरिरहेका छौँ, सेन्टियागो एयरलाइन्सको फ्लाइट नम्बर ५१३ को । सन् १९५४ मा सेसन्टयागो एयरलाइन्सको विमानले पश्चिमी जर्मनीको आकिन एयरपोर्टबाट उडान भरेको थियो । तर फ्लाइटले कतै पनि ल्यान्डिङ गरेन ।

०४ सेप्टेम्वर सन् १९५४ मा ९२ जना यात्रु बोकेर फ्लाइट भरेको विमान बेपत्ता भएको थियो । फ्लाइट नम्बर ५१३ ले उडान भरेको १८ घण्टा पछाडि ब्राजीलको पोर्टाे एलेग्रे एयरपोर्टमा ल्याण्ड गर्नु पर्दथ्यो तर विमान ल्यान्ड भएन ।

विमानले उडान भर्याे र आकाशमै बेपत्ता भयो । लाखौँ कोशिस पछि पनि विमान सम्पर्कमा आएन । यो खबरले सारा विश्वमा नै हंगामा मच्चाएको थियो ।

विमानसँग सम्पर्क होउन्जेलसम्म एटलान्टिक महासागरमाथि उडिरहेकोे थियो । मानिसहरुले विमान एटलान्टिक महासागरमै बेपत्ता भएको अनुमान लगाएका थिए ।

तर एक चमत्कार भयो र ३५ वर्ष पछाडि पोर्टो एलेग्रे एयरपोर्टमा एक विमान अचानक यान्ड भयो । उक्त विमान विना अनुमति नै त्इहाँ ल्याण्ड भएको थियो ।

त्यो विमान आउने रन वे मा अचानक त्यहाँका अधिकारीहरुले रन वे खाली गरेका थिए । विमान भन्दा माथि सेन्टियागो एयरलाइन्सको नाम थियो ।

जो कम्पनी उक्त विमान हराएको २ वर्ष पछि सन् १९५६मा बन्द भएको थियो । ल्यान्डिङ्ग भएको केहि समय पछि विमानले फेरी उडान भर्याे र आकाशमा बेपत्ता भयो ।

त्यसपछि भने दौश्रो पटक विमान देखिएको छैन । बेपत्ता विमानलाई अहिलेसम्म पनि खोजिँदै आईएको छ । सन् १९८९ मा विश्व ट्याबलाइड म्यागेजिनले यस विमानको बारेमा पहिलो पटक समाचार प्रकाशित गरेको थियो ।

यो घटना आज पनि मानिसहरुका लागि कहानी बनेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?