विश्वकै महंगो अत्तर, कति छ मूल्य ?

काठमाडौं । एक इमिराती अत्तर कम्पनीले विश्वकै महँगो अत्तर (परफ्यूम) बनाएको दाबी गरेको छ । त्यसको नाम ‘सामुख’ अर्थात अरेबिक भाषामा उच्चको हकदार भन्ने हुन्छ ।

यसको मूल्य तीन लिटरको १२ लाख ९५ हजार डरल अर्थात १४ करोड ६९ लाख नेपाली रुपैयाँ पर्दछ । यो तीन वर्षको अनुसन्धान र ४ सय ९४ अत्तरको परीक्षणपछि उत्पादन भएको गरिएको हो।

अत्तर इटालियन क्रिस्टल बोतलमा राखिएको छ । यसलाई सुनको बाँज, अरेबियन घोडा, गुलाफ, ३ हजार पाँच सय ७१ हिरा, ३८.५५ क्यारेटको मोती, १८ क्यारेटको २.५ किलो सुन र ५.९ किलो खसली चाँदीबाट सजाइएको छ ।

यो बोतल छालाको सोफामा झन्डै २ मिटरको उचाई रहेको छ ।

यसका सर्जक विलासी अत्तरको ब्रान्ड नाबिलको अंशका रुपमा रहेको ‘द स्पिरिट अफ दुबईले बोतल जनावरको चित्रबाट सजाइएको र यसमा अत्तरका अंशहरु रहेको जनाइएको छ ।

यसले दुबईको कथा बताउने पनि यसका सर्जकले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?