यी व्यक्तिको घरभित्र छन् ४ सय भन्दा धेरै जनावर !

काठमाडौं । सुन्दा अचम्म लागे पनि सत्य कुरा सत्य नै हुन्छ । एउटा घरमा चिडियाखानाका भन्दा धेरै जनावर छन् भन्दा

कल्पना गर्नुहोस् त – घरभित्र गोमन सर्प घुमिरहेको छ, ५० किलो तौलको कछुवा बाहिर बगैँचामा डुलिरहेको देख्न सकिन्छ । अझ सुत्ने ओछ्यानमा त बडेमानको घडियाल सुतिरहेको हुन्छ ।

अब तपाईँलाई लाग्न सक्छ-यो त चिडियाखाना हो । तर होइन, यी मानिस बस्ने घरकै दृश्य हुन् ।

हो, यस्ता दृश्य भएका र जीवजन्तुले भरिएको मानिस बस्ने घर फ्रान्सको नान्टेस सहरमा रहेको छ । त्यो पनि २÷४ वटा मात्रै हो र १ एउटै घरमा ४ सय प्रकारका निकै डरलाग्दा जीवजन्तु पाइन्छ । यी सबै मानिसले नै पालेका हुन् ।

विगत २० वर्षयता फिलिप नामका मानिस यस्ता खतरनाक जीवजन्तुसँग परिवारका सदस्यझैँ गरेर बस्दै आएका छन् । अहिले त उनलाई यी जनावरसँग बस्ने आदत नै लागिसक्यो ।

फिलिपले घरभित्र यी जीवजन्तुका लागि प्राकृतिक रूपमा उनीहरूलाई जस्तो वातावरण चाहिन्छ, त्यस्तै संरचना र वातावरण बनाएका छन् । ४ सयभन्दा बढी जीवजन्तुलाई उनले कसरी व्यवस्थापन गर्न सकेका होलान् ?

त्यत्ति मात्रै होइन, फिलिपले घरमा पालिएका यस्ता डरलाग्दा जनावारलाई आफैंले खानेकुरा खुवाउँछन् । पानी पिलाउँछन् । दृश्य देख्दा लाग्छ– घरभित्रका जीवजन्तु उनका सन्तान हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?