अनौठो होटेल : हरेक वर्ष बन्छ तर पानीमा बिलुप्त हुन्छ

काठमाडौं । संसारमा अनौठा खालको संरचनाहरु बनिरहेका नै हुन्छन् । आज हामी तपाईहरुलाई यस्तो होटलको बारेमा जानकारी दिन गइरहेका छौं । जुन आईसबाट बनेको छ । र पछि आफै पानीमा बिलाएर जान्छ।

स्विडेनमा सन् १९८९ देखि यसतो परम्परा चल्दै आईरहेको छ की । जहाँ यस्तो होटल छ, जुन हरेक वर्ष निर्माण गरिन्छ अनि वर्षेनी पानीमै बिलाउछ । उक्त होटल पुरै आइसबाट बनेको छ ।

जसको नाम आइस होटल हो । हरेक बर्षको जाडो मौसममा यो होटल निर्माण गरिन्छ । अनि जब गर्मी याम शुरु हुन्छ, यो होटल पग्लिन थाल्दछ र नदीको पानीमा समाहित हुन्छ । यस पटक ३१ औँ वर्षमा समेत होटल ठडाइएको छ ।

अक्टोबर महिना बाट होटल निर्माण शुरु हुने गर्छ । सो होटल निर्माणको लागी त्यहाँ बिश्व भरका धेरै कलाकारहरुको भेला हुने गर्छ । यस पालीको अक्टोबरमा आईस होटलमा ३५ बटा कोठाहरु निर्माण गरिएको छ । जहाँ वश्नको लागी पर्यटकहरु समेत आउने गर्छन् । चिसोले जमेको टर्न नदीको किनारामा यो होटल बनाइएको छ । मे महिनासम्म रहने होटल त्यसपछि बरफ पग्लिन शुरु गर्दछ ।

होटलमा तापक्रम माइनस ५ डिग्री सेल्सियस रहेको हुन्छ भने त्यहाँ बस्नेहरुको रोमाञ्चक चिजहरु बनाईएका हुन्छ । यस वर्ष भने सो होटलमा बस्नका लागी करीब ५० हजार पर्यटकहरु आउने अनुमान गरिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?