विकेट किपरले ब्याट्सम्यानलाई उल्लु बनाएर यसरी गरे आउट (भिडियो)

काठमाडौं । सोसल मिडियामा एउटा क्रिकेटको भिडियो अत्याधिक भाइरल भईरहेको छ । उक्त भिडियोमा विकेटकिपरले ब्याट्सम्यानलाई झुक्याएर आउट गराउँदछन् ।

भिडियो गिरिश परुनदेकरले आफ्नो ट्वीटर अकाउण्टमा शेयर गरका छन् । भिडियो भारतका महान क्रिकेटर सच्चिन तेन्दुलकर र बिग बीलाई समेत ट्याग गरिएको छ ।

उक्त फन्नी भिडियोलाई धेरैले शेयर गरिरहेका छन् । भिडियोमा बल ब्याट्सम्यानले प्रहार गर्न नसकेपछि विकेटकिपरको हातमा जान्छ तर विकेट किपरले आफूले त्यो बल नसमातेको जसरी पछाडि फर्किन्छन् र पछाडि रहेका फिल्डरसँग मागेको इसारा गर्दछन् ।

त्यो देखेर जब ब्याट्सम्यान रन लिनका लागि दौडिन्छन् तब विकेटकिपरले हातमा रहेको बलले स्टम्पमा टच गराएर विकेट लिन्छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?