अचम्मको पहिरन : जसमा फल्छ २२ थरीका तरकारी र फलफूल

काठमाडौं । ससारमा मानिसहरुले बिभिन्न माध्यमबाट आ-आफ्नो क्षमता प्रस्फुटन गरिरहेका हुन्छन् । संसारमा मानिसहरुले बिभिन्न बोट बिरुवा लगाएत खान मिल्ले कपडाको समेत उत्पादन गरिसकेका समाचार आईरहेका छन् ।

यस्तैमा आज भने हामी तपाईहरुलाई २२ थरीका तरकारी र फलफूल फलाउन सकिने पहिरनको बारेमा जानकारी दिन गईरहेका छौं ।

जुन एकदमै अनौठो अनि चमत्कारीक छ । अमेरीकामा भखैरै यस्तो कपडा तयार पारिएको छ । जसमा २२ थरीका तरकारी र फलफूलहरु फलाउन सकिन्छ ।

अमेरिकाको दक्षिण क्यालिफोर्नियामा यस्तो बगैंचा तयार गरिएको छ जसलाई कपडाको रूपमा शरीरमा लगाउन सकिन्छ । दक्षिण क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक तथा डिजाइनर अरुसिआक ग्याब्रिएलले उक्त पहिरनवाला गार्डेनको डिजाइन गरेका हुन् ।

तरकारी तथा फलफूल फलाउने यो पहिरन लगाएर जहाँ पनि घुम्न मिल्ने प्राध्यापक तथा डिजाइनर ग्याब्रिएलको भनाई छ ।

उक्त पहिरनमा फलिरहेका तरकारी तथा फलफूलका विरुवामा आफ्नै पिसाबले सिंचाइ गरिएको हुन्छ । त्यसमा गोभी, गाजर, स्ट्रबरी, बदाम लगायतका फलाउन सकिन्छ ।

जानकारीका लागी उक्त पहिरनमा उम्रिएका बिरुवाहरूमा तरकारी तथा फलफूल फलेपछि त्यसको वजन बढ्छ । भने शरीरमा लगाउन सकेत समस्या हुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?