भोटिङ कार्डमा कुकुरको फोटो राखिदिएपछि निर्वाचन आयोगबिरुद्ध मानहानीको केस !

काठमाडौं । भोटरको आईडी कार्डमा नाम र जन्ममितिसँग जोडिएका विभिन्न कुराहरु हुन्छन् । तर भारतमा एउटा यस्तो अनौठो घटना भएको जुन घटनाले तपाई पनि अचम्ममा पर्नुहुनेछ ।

भारतको पश्चिम बंगालस्थित मुर्शिदाबादको रामनगरमा एक भोटरको आइडी कार्डमा उक्त व्यक्तिको फोटोको ठाउँमा कुकुरको फोटो लगाइदिइएको छ ।

त्यस्तो घटना भएपछि उक्त व्यक्तिले भारतीय चुनाव आयोग बिरुद्ध मानहानीको केस दर्ता गराएका छन् । सुनिल कर्माकर नाम गरेका ति व्यक्तिको भोटर आईडीमा कुकुरको फोटो लगाइएको फेला परेको थियो

उक्त व्यक्ति आफ्नो कार्डमा कुकुरको फोटो भएको कारण अत्याधिक दुखी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सुनिलले आयोगले आफ्नो साथमा खेलवाड गरेको बताएका छन् । उनले यो भन्दा अगाडि पनि आईडीमा गल्ती भएको बनाइदिन आवेदन दिएका थिए । तर यसपटक झनै ठूलो गल्ती भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?