र्‍यापर जेनिथ आचार्यको नयाँ गीत ‘नसा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । र्‍यापर जेनिथ आचार्यको नयाँ गीत ‘नसा‘ सार्वजनिक भएको छ ।

‘नसा’ नाम राखिएको उक्त गीतले पछिल्लो युवा पुस्ताको लोकप्रिय क्लब ट्रेन्डलाई उठान गरेको छ ।

जेनिथ आचार्य र जेन्टल सबिनको र्‍याप समावेश गरिएको उक्त गीतमा मनिष शाहीले कोरस भोकल दिएका छन् ।

त्यस्तै डिजे एएनको म्युजिक एरेन्ज रहेको उक्त गीतको भिडियोलाई आकर्षक ढंगले अनिल कटुवालले खिचेका हुन् । भोला तिमल्सिनाको निर्देशनमा बनेको उक्त भिडियोलाई अरुण कटुवालले सम्पादन गरेका हुन्।

गीतको भिडियोमा जेन्टल सबिन, लक्ष्मी राना, पैसा घिमिरे, मैथली नायक भारत शाह र जेनिथ आचार्यको अभिनय रहेको छ ।

आचार्यका अनुसार उक्त गीत सन्देशमुलक साथै मनोरन्जनात्म रहेको छ ।

यो उनको दोस्रो गीत हो । यसअघि उनको ‘याद’ बजारमा आइसकेको छ । ‘याद’लाई धेरै युवापुस्ताहरुले मन पराएको र्‍यापर आचार्यले बताए ।

यो पनि पढ्नुहोस्

र्‍यापर जेनिथ आचार्यको ‘याद’ सार्वजनिक (भिडियोसहित)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?