संस्कृतका गीतमा डान्स गरिने क्लव !

काठमाडौं । युवापुस्ताहरुलाई नाइट क्लवमा जान एकदमै मन पर्दछ । किनभने त्यहाँ आफ्नो मनको ईच्छा अनुसार कुनै पनि गीतमा नाच्न सकिन्छ ।

धेरैजसो नाइट कल्वहरुमा बलिउड तथा अंग्रेजी गीतहरु नै बजाइन्छ । तर आज हामी एउटा यस्तो नाइट क्लवको बारेमा जानकारी दिँदैछौँ, जहाँ अंग्रेजी, नेपाली, हिन्दी नभएर संस्कृत गीत बजाएर मानिसहरु रमाइलोसँग नाच्दछन् अर्जेन्टिनाको राजधानी ब्युनसआयर्समा यस्तै एउटा नाइट क्लव छ ।

जहाँका मानिसहरु संस्कृत गानामा डान्स गर्दछन् । उक्त क्लवको नाम हो द ग्रोव नाइट क्लव एण्ड बार । त्यहाँ तपाईले गणेश शरणम, गोविन्द गोविन्द, ज यजय राधा रमन र जय कृष्ण हरे जस्ता गीतहरु सुन्न सक्नुहुन्छ ।

उक्त क्लवमा एकसाथ लगभग ८०० मानिस भक्तिमय संस्कृत गीतमा डान्स गर्दछन् । त्यहाँ रक्सीको साटो मानिसहरु जुस खान्छन्, धुम्रपान, ड्रग्सको त कुरै छोडौँ, त्यहाँ ननभेज समेत खाँदैनन् ।

त्यस क्लवमा मानिसहरु मात्र शाकाहारी भोजन मात्र खान्छन् । मानिसहरु त्यहाँ संस्कृतमा डान्सका साथै योगा पनि गर्दछन् । त्यहाँ योगा पार्टी पनि गर्ने गरिन्छ ।

त्यहाँ मन्त्र, योग, ध्यान, संगीत र नृत्यका माध्यामबाट आत्मासँग सम्बन्ध स्थापना गरिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?