आकाशबाट अचानक १५ हजार बेलुन झरेपछि !

काठमाडौं । हामीलाई हावामा उडिरहेको बेलुन निकै राम्रो लाग्छ । तर यदि त्यहि बेलुनले समस्या लिएर आयो भने के होला ? २७ सेप्टेम्बर १९८६ मा अमेरिकाको क्लिभलेन्ड शहरमा यस्तै भएको थियो ।

त्यहाँ विश्व किर्तिमान बनाउन तथा सामाजिक कार्यका लागि आर्थिक सहयोग जुटाउन भन्दै एकसाथ १५ लाख बेलुन आकाशमा छाडिएको थियो । तर परिणाम अर्कै निस्कियो ।

उक्त दिन यस्तो आँधी बेहेरी आयो कि सारा बेलुनहरु माथि आकाशमा उडिरहनुको साटो सबै जमिन र पानीमा खसे । स्थानीय ऐरी तालमा ठूलो संख्यामा बेलुन खसेर पानीको सतह नै छोपियो ।

ऐरी तालमा डुबेर दुई जना मानिस बेपत्ता पनि भएका थिए, बेलुनले पानी ढाकेपछि बेपत्ता मानिसहरुको उद्धार गर्न हेलिकप्टर पनि असमर्थ भयो।

त्यसले गर्दा बेलुनको किर्तिमान राख्न खोज्ने आयोजक संस्थाले विभिन्न अभियोगमा मुद्दा खेप्नुपर्यो ।

युनाइटेड अफ क्लेभलेन्ड नाम संस्थाका २५ सय स्वयंसेवकले शुरुमा २० लाख बेलुन छाड्ने योजना बनाएका थिए । तर मौसम खराब भएका कारण जम्मा १५ लाख बेलुन मात्र उडाएका थिए ।

१५ लाख बेलुन एकसाथ हावामा उडेर आकाशमा पुग्दा साँच्चीकै मनमोहक दृश्य बनेको थियो । मानिसहरु खुसीले ताली बजाइरहेका थिए । तर एक्कासी मौसम बिग्रिएर सारा खेल खत्तम पारिदियो ।

आँधीबेरी चलेर मौसम चिसिएसँगै सबै बेलुन भुइँमा र्झन थाले । बेलुन विमानस्थल क्षेत्रमा पनि खसे र रनवे समेत बन्द गरिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?