अनौठो ठाउँ, जहाँ कारको खेती गरिन्छ…

काठमाडौं । खेतमा हामी सबैले धान, मकै, कोदो, फापर लगायतका बिभिन्न खाद्यान्न बालीहरु लगाएको त देखेका नै छौँ, तर खेतमा कारको खेती हुन्छ भन्ने कु देख्न त के सुनेका पनि छैनौँ होला ।

अमेरिकाको नेवादास्थित गोल्डफिड नामक एक पहाडी इलाकामा मानिसहरु कारको खेती गर्ने गर्दछन् । सन् २०११ मा माइकल मार्क रिप्पी नामक एक व्यक्तिले त्यस जमिनमा कार राख्ने काम गरेका थिए ।

यस काममा उनको साथमा क्याड सार्ग पनि थिए । उक्त खेतको नाम द इन्टरनेशनल कार फोरेस्ट अफ द लास्ट चर्च राखिएको छ ।

अब उनको त्यो खेतमा ४० भन्दा धेरै साना ठूला कार र ट्रक खेतमा राखिएको छ । त्यहाँका सबै कारहरु जमिनमा आधा गाडिएका छन् ।

ति कारहरुलाई टाढाबाट हेर्दा जमिनबाट कार उब्जिएको जस्तो देखिन्छ । खेतमा गाडिएका रंगी बिरंगी गाडीहरु र तिनमा भएका शानदार लाइट्सका कारण त्यो ठाउँ धेरै नै राम्रो देखिने गर्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?