जब विवाहित महिलाले प्रेमीको विवाह प्रस्ताव अस्विकार गरिन् !

काठमाडौं । भारतको फरिदपूरमा बस्ने एमबिए पढ्दै गरेका एक व्यक्तिले आत्महत्या गर्ने प्रयाश गरेका छन् । आत्महत्या गर्नुपूर्व उनले फेसबुकमा सुसाइड नोट लेखेर पोस्ट गरेका थिए ।

साथै सुसाइड नोटमा उनले आफ्नो पूरै प्रेम कहानी लेखेका थिए । त्यसपछि उनले कोठामा ढोका लगाएर विष खाए । तर परिवारले त्यो बारेमा थाहा पाएपछि तत्कालै उनलाई ढोका फोरेर अस्पताल लगेका थिए ।

फरिदपूरको महादेव मोहल्लेमा बस्ने केशव शर्मा एक निजी कलेलमा अध्ययन गर्दै थिए । भारतीय सञ्चारमाध्यामका अनुसार बरेलीको बारादरीमा बस्ने एक महिलासँग केशवको फेसबुकबाट चिनजान भएको थियो ।

त्यसपछि महिलाले केशवले पढ्ने कलेजमा नै भर्ना गरेकी थिइन् । त्यहि बेला नै उनीहरुको पहिलो भेटघाट भएको थियो । भेटेको केहि समयपछि उनीहरुको एक अर्कालाई मायाँ गर्ने भन्दै भेटलाई प्रेममा बदलेका थिए ।

जब केशवले विवाह गर्ने प्रस्ताव गरे तब प्रेमिकाले आफू विवाहित महिला भएको बताइन् । साथै श्रीमान शिक्षक भएको बताइन् । यो कुरा सुन्नासाथ सरासर घरमा गएर केशवले आत्महत्या गर्ने प्रयाश गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?