जहाँका कैदीबन्दी आफ्नो लागि चिहान आफै खन्दछन् !

काठमाडौं । संसारमा रहेका बिभिन्न जेलमा फरक फरक किसिमका नियमहरु हुने गर्दछन् । कुनै जेलमा कैदीहरुलाई बिभिन्न यातनाहरु दिने गरिन्छ भने, कतैका जेल भित्रै महिला कैदी र पुरुष कैदीबीचमा सहमति भए एकअर्कामा विवाह गरिदिने नियम रहेको छ ।

संसारमा एउटा यसे देश पनि छ जहाँका कैदीहरुले आफूले नै आफ्ना लागि चिहान खन्नुपर्दछ । यो कुराले हामी सबैलाई अचम्मित बनाउँछ । तर यो कुरा सत्य हो ।

उत्तर कोरियाको एउटा जेलमा यस्तो अनौठो नियम लागु गरिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार उत्तर कोरियामा कैदीबन्दीहरुलाई मजदुरी गर्न लगाइन्छ ।

यदि काम गर्न मानेन भने उसको अवस्था नाजुक हुन्जेलसम्म पिट्ने गरिन्छ । जेलमा कैदिबन्दीहरुलाई दिनमा १२ घण्टा कठिन काम गर्न लगाइन्छ ।

एमनेस्टी इन्टरनेशनलका अनुसार उत्तर कोरियाको जेल संसारकै सबैभन्दा खतरनाक जेलहरु मध्येमा पर्दछ ।

सञ्चारमाध्यामका अनुसार त्यहाँको जेलमा हजारौँ कैदीहरुलाई राखिएको हुन्छ, अझ कतिपय मानिसहरु त केहि अपराध नगरेका पनि हुने गर्दछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?