१५ सय किलो सुनले छाएको अनौठो मन्दिर !

काठमाडौं । सुनकै झ्याल सुनकै ढोका र सुनकै छानो । भारतको तमिलनाडुस्थित भेल्लोर गोल्डेन मन्दिरमा १५ सय किलो भन्दा धेरै सुनले बनेको छ । भेल्लोर गोल्डेन मन्दिर हो जहाँ १५ सय किलो भन्दा धेरै शुद्ध सुन छ ।

उक्त मन्दिर श्रीपुरम् र महालक्ष्मी स्वर्ण मन्दिरको नामले पनि चिनिन्छ । सन् २००७ मा यो मन्दिर बनाइएको थियो ।

सुनले छाएको हुनाले रातको प्रकाशमा यो मन्दिर झलमल बल्दछ र निकै सुन्दर र आकर्षक देखिन्छ । वर्षेनी लाखौँ हिन्दु धर्मावलम्बीहरु मन्दिरको दर्शनका लागि त्यहाँ पुग्ने गर्दछन् ।

सय एकड भन्दा धेरै क्षेत्रफलमा फैलिएको मन्दिरको चारैतर्फ सुन्दर हरियाली रहेको छ । मन्दिर परिसरमा भारतका सबैजसो प्रमुख नदीको पानी लिएर सर्व तिर्थम सरोवर नामको कुण्ड बनाइएको छ ।

मन्दिरको सुरक्षामा चौबीसै घण्टा पुलिस र सुरक्षा गार्डले पहरा दिन्छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?