साथीसँग मजाक गर्नु नै घातक सिद्ध भयो, ७ महिनासम्म पेटमा बजिरह्यो मोबाइल !

काठमाडौं । डाक्टरलाई धर्तीको भगवान भन्ने गरिन्छ । तपाईले सुन्नु भएकै होला कि, सर्जरी गरेर डाक्टरले ट्यूमर वा पत्थरी निकालेर मानिसलाई अर्को जीवन दिएको ।

साथै कहिलेकाँही पेटमा विभिन्न कुराहरु भेटिएको पनि तपाईले सुन्नु भएकै होला । तर हाल भने एउटा अनौठो घटना सार्वजनिक भएको छ ।

डाक्टरले सर्जरी गरेर एक व्यक्तिको पेटबाट मोबाइल फोन निकालेका छन् । ति व्यक्तिले साथीसँग जिस्किने क्रममा पेटमा मोबाइल पसेको थियो । पहिला नेचुरल तरिकाबाट निकाल्ने प्रयाश गरिएको थियो । तर पछि अप्रेशन गरेर मात्रै सफल भयो ।

यो घटना इजिप्टको हो । त्यहाँका एक व्यक्ति साथीसँग रमाइलो गर्दै थिए । जसमा उनको मुखबाट पेटमा पुग्यो ।

उनी साथीलाई पेटबाट मोबाइलको घण्टी साथीलाई सुनाउन चाहान्थे । ७ महिनासम्म यसरी मोबाइल पेटमै रहेपछि उनी अस्पताल गएका थिए । जस क्रममा उनको पेटबाट डाक्टरले मोबाइल निकालेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?