यो गाउँमा जन्मिए लगत्तै बच्चाहरुमा विवाहको नाता जोडिन्छ, विवाह तोडे कठोर सजाय !

काठमाडौं । आजको समयमा बालविवाह एउटा ठूलो पाप मानिन्छ । त्यसैले मानिसहरु विवाह गर्नुपूर्व उनीहरुको उमेर हेर्दछन् । तर भारतको एउटा गाउँमा भने अझै बालविवाह नै गरिदिने प्रचलन रहेको छ ।

भारतको मध्य प्रदेशको श्योपुर जिल्लामा रहेका पाँच गाउँमा बच्चा जन्मिए लगत्तै उनीहरुको सम्बन्ध जोडिदिने प्रचलन रहेको छ ।

उनीहरुले पछि विवाह तोडेमा कठोर सजाय दिने गरिन्छ । विवाह तोडेमा परिवारलाई जरिबाना गरिन्छ ।

बञ्जारा समाजमा यो प्रचलन रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । त्यहाँका पाँच गाउँमै उनीहरुको विवाह हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?