यो माछा पौडिदैन, मात्र दौडिन्छ ! (भिडियो)

काठमाडौं । विश्वका केहि जीवजन्तुहरूको बनावट संसारलाई छक्क पार्ने खालका छन् ।

जमिनमा बस्ने जीवहरूभन्दा पनि पानीमा रहने जीवहरूले पटक–पटक मानिसहरूलाई अचम्ममा पार्दै आएका छन्। विश्वमा अनेकौं प्रकारका अनौँठा माछाहरू देखिन थालेका छन् ।

पानीमा देखिने माछालाई हामीले पानीमा पौडिनेमात्र देख्दै आएका छौं । तर, तास्मानिया र अष्ट्रेलियाको एक क्षेत्रमा पाइने ह्याण्डफिस नाम गरेको माछा पौडिने होइन, त् दौडिन्छ ।

ति माछाहरूको शरीरमा हात जस्तै २ अङ्ग छन् । हातको सहायताले नै उनीहरू दौडिने गर्छन् । ह्याण्डफिस प्रजातिका माछा पौडिँदैनन् ।

समुन्द्रको पिँधमा गएर दौडिन मन पराउँछन् । अहिलेको समयमा अत्यन्त दुर्लभ मानिएको यो प्रजातिलाई जोगाउँन वैज्ञानिकहरू लागिपरेका छन् ।

सन् १९८० भन्दा अगाडि तास्मानियामा यो माछाको संख्या धेरै थियो तर अहिले दुर्लभ हुँदै गएको छ । माछाको विनास रोक्नका लागि वैज्ञानिकहरूले यो प्रजातिको माछा खोजेर भाले पोथी एकै ठाउँमा राखेर अण्डा बनाउँँने काम गरिरहेका छन्।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?